ओखलढुंगा कांग्रेसको सभापतिमा देउवा पक्षका खनाल निर्वाचित – Nepal Press

ओखलढुंगा कांग्रेसको सभापतिमा देउवा पक्षका खनाल निर्वाचित

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् ।

संस्थापन इतर समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् । खनालले ७ सय १ मत ल्याउँदा दाहालले ६ सय ११ मत पाए ।

उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन् । सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना तथा सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर