कुमार पन्तको टिप्पणी : सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं – Nepal Press

कुमार पन्तको टिप्पणी : सरकारले एनआरएनएको स्वतन्त्रतामाथि प्रतिगमन गर्‍यो, सशक्त प्रतिवाद गर्छौं

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले निर्वाचित कार्य समितिलाई वैधानिक काम गर्न बन्देज लगाएर नेपाल सरकारले एनआरएनएको स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका छन् ।

सरकारले निर्वाचित कार्य समितिलाई दीर्घकालिन महत्वका निर्णय नगर्न लिखित पत्राचार गर्दै निर्वाचन गराउन संरक्षण समितिलाई जिम्मेवारी दिएको पत्र एनआरएन आइसीसीलाई पठाए लगत्तै पन्तले सो प्रतिक्रिया दिएका हुन् ।

हाल नेपालबाहिर रहेका पन्तले नेपाल प्रेससँग भने : एनआरएनमाथि सरकारले नांगो हस्तक्षेप गरेको छ । हामी यसको सशक्त प्रतिवाद गछौं ।सरकारको प्रतिगमनविरुद्ध एनआरएन अभियन्तालाई आह्वान गर्छौं ।

वर्तमान कार्य समितिले निर्वाचन गराउन खोज्दा पटक पटक सरकारले हस्तक्षेप गरेको पन्तले बताए । उनले सरकार एनआरएनमा राजनीति गर्न अग्रसर भएको आरोप लगाए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले एमालेसँग प्रतिस्पर्धा गर्न नसकेपछि एनआरएनमा राजनीति गरेको टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर