वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई – Nepal Press

वाणिज्य विभागको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतकाे वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी प्रेमकुमार श्रेष्ठले सम्हालेका छन् । विभागको महानिर्देशकको रुपमा आजदेखि श्रेष्ठले जिम्मेवारी लिएका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति सचिवस्तरीय निर्णयबाट श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको हो ।

यस भन्दाअघि विभागको महानिर्देशकको जिम्मेवारीमा प्रकाश पौडेल थिए। उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागको महानिर्देशकको रुपमा सरुवा भएपछि वाणिज्य विभागको महानिर्देशकको पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर