पञ्चायत सरकारले हत्या गरेका शहीद सम्झँदै छिन्ताङमा ओलीसहितको एमाले सभा (तस्बिरहरु) – Nepal Press

पञ्चायत सरकारले हत्या गरेका शहीद सम्झँदै छिन्ताङमा ओलीसहितको एमाले सभा (तस्बिरहरु)

धनकुटा । छिन्ताङ हत्याकाण्डको ४३ वर्ष पूरा भएको दिन आज नेकपा एमालेले स्मृति दिवस मनाएको छ ।

शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरिएको स्मृतिसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेता/कार्यकर्ता सहभागी छन् ।

अध्यक्ष ओलीले शहीद परिवारसँग अन्तरक्रिया गर्नेसमेत कार्यक्रम रहेको एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए सभामा कांग्रेस, माओवादीलगायतका दलबाट स्थानीय नेता-कार्यकर्ता एमाले प्रवेश गर्ने उनले बताए ।

२०३६ साल कात्तिक २९ गते पञ्चायत सरकारविरोधी आन्दोलनको क्रममा कम्युनिष्टमा आस्था राखेको आरोपमा तत्कालीन सरकारले छिन्ताङमा १६ जनाको गोली हानेर हत्या गरेको थियो ।

छिन्ताङमा हत्या गरिएका १६ जनालाई केही वर्षअघि मात्र राष्ट्रिय शहीद घोषणा गरेर हरेक वर्ष आजकै दिन छिन्ताङ स्मृति दिवस मनाउने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर