अफगानिस्तान संकटलाई लिएर आज दिल्लीमा आठ मुुलुकको सुरक्षा बैठक – Nepal Press

अफगानिस्तान संकटलाई लिएर आज दिल्लीमा आठ मुुलुकको सुरक्षा बैठक

दिल्ली । अफगानिस्तान मामिलालाई लिएर भारतले आज दिल्लीमा क्षेत्रीय सुरक्षा सम्मेलन आयोजना गरिएको छ । तालिबानले अफगान सत्ता नियन्त्रणमा लिएपछि भारतले पछिल्लो सुरक्षा स्थितीबारे छलफल थालेको हो ।

सम्मेलनमा रुस, इरान, ताजिकिस्तान, किर्गिस्तान, कजाखस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानले पनि भाग लिएका छन् । बैठक सुरु भएको छ र बैठकको सुरुमा सबै मुलुकले अफगानिस्तानको पछिल्लो स्थितीबारे चिन्ता जनाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

‘अफगानिस्तानमाथि दिल्ली क्षेत्रीय संवाद’ नाम दिइएको उक्त सम्मेलनको अध्यक्षतामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले गरिरहेका छन् । बैठकमा भाग लिन पाकिस्तान र चीनले भने अस्वीकार गरेका छन् ।

क्षेत्रीय मुलुकबीच सहयोग बढाउनेबारे यो बैठक लाभदायक हुने भारतले जनाएको छ । रुसको तर्फबाट सुरक्षा काउन्सिलका सचिव निकोलाइ पेत्रुसेवले अफगानिस्तान मुद्दा सुल्झाउन यस्तो बैठक महत्वपूर्ण हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर