महासचिव सी चिनियाँ कम्युनिस्ट पार्टीमा थप शक्तिशाली बन्दै – Nepal Press

महासचिव सी चिनियाँ कम्युनिस्ट पार्टीमा थप शक्तिशाली बन्दै

बेइजिङ । आगामी साता बस्न लागेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय कमिटी बैठकले महासचिव एवं राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाउने भएको छ ।

चिनियाँ राज्यनियन्त्रित संचारमाध्यमले पार्टी महासचिव सीको नेतृत्वलाई थप बलियो तुल्याउने समाचार सम्प्रेषण गरिरहेका छन् ।

३०० सदस्य रहने केन्द्रीय कमिटी बैठकमा पार्टीका शीर्ष नेताहरु, प्रान्तीय गभर्नर, महासचिव, आर्थिक तथा सैन्य विभाग हेर्ने पदाधिकारी रहन्छन् ।

आगामी बिहीवारसम्म चल्ने बैठकले महासचिव सीलाई तेस्रो कार्यकालको लागि पनि राष्ट्रपतिको रुपमा निरन्तर रहन बाटो खोल्ने अपेक्षा गरिएको छ । केन्द्रीय कमिटी बैठकले प्रस्ताव गरेअनुरुप आगामी वर्ष बस्ने कंगे्रेसले त्यसलाई अनुमोदन गरे सी राष्ट्रपतिको रुपमा निरन्तर हुनेछन् ।

केन्द्रीय कमिटी बैठक प्रत्येक पाँचवर्षमा एकपटक मात्र बस्छ । सन् २०१८ मा चिनियाँ पिपुल कंग्रेसले एउटा व्यक्ति अनिश्चितकालका लागि राष्ट्रपति बन्न सक्ने प्रावधान अनुमोदन गरेको थियो । जसले गर्दा अझै लामो समय सी नै राष्ट्रपतिको रुपमा निरन्तर रहने अपेक्षा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर