न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्व कपबाट बाहिरियो – Nepal Press

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्व कपबाट बाहिरियो

काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको यस जितसँगै उपाधि दाबेदार मानिएको भारत भने विश्व कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो ।

अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे ।

यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर