बेइजिङमा आज यो विन्टरको पहिलो हिमपात, १० वर्षयताकै न्यून तापक्रम (भिडिओ) – Nepal Press

बेइजिङमा आज यो विन्टरको पहिलो हिमपात, १० वर्षयताकै न्यून तापक्रम (भिडिओ)

बेइजिङ । चिनियाँ राजधानीमा चिसो मौसम (विन्टर) सुरु हुनु २३ दिन अघि नै आजदेखि हिउँ पर्न सुरु गरेको छ । ग्लोबल टाइम्सका अनुसार त्यहाँ आइतबार १० वर्षयताकै चिसो महसुस गरिएको छ ।

अत्याधिक चिसोका कारण बेइजिङमा सार्वजनिक सवारीसाधन आवागमन ठप्प भएको छ । बस, रेल र जहाजका सेवाहरु रोकिएका छन् ।

कोभिड१९ संक्रमण बढी भएका क्षेत्रमा विशेष तरिकाबाट हिउँ पन्छाइने भएको छ भने त्यहाँबाट बाहिर यातायात जान अनुमति दिइएको छैन ।

हिउँ पन्छाउनका लागि बेइजिङ महानगरले ५६ हजार जनालाई तैनाथ राखेको छ भने ३३ हजार जनालाई हिउँ पगाल्न उपस्थित गराइएको छ । ३० हजार टन हिउँ पगाल्ने पदार्थ जम्मा गरिएको छ ।

आइतबार बेइजिङस्थित क्यापिटल इन्टरनेसनल एयरपोर्टले ४९४ उडानमात्र गर्ने जनाएको छ । बिहान ८ बजेसम्म ६३ वटा उडान भए भने १० वटा उडान स्थगित भए ।

१७५ वटा बस–लेन अवरुद्ध छन् । राजधानी बेइजिङ वरपर चल्ने बसहरुले चढ्ने र ओर्लने समयलाई छोटो तुल्याएका छन् । आइतबार बेइजिङमा ९ वटा रेलसेवा रोकिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर