अमेरिकाले साउदीलाई ६५० मिलियन डलरको हतियार विक्री गर्ने – Nepal Press

अमेरिकाले साउदीलाई ६५० मिलियन डलरको हतियार विक्री गर्ने

काठमाडौं । अमेरिकाले साउदी अरेबियालाई ६५० मिलियन डलर बराबर हावामा प्रहार गर्न सकिने मिसाइलहरु बिक्री गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हतियार विक्रीको अनुमति पनि दिइसकेको छ । राष्ट्रपतिमा निर्वाचित भएयता पहिलोपटक बाइडेन प्रशासनले खाडी मुलुकमा हतियार विक्री सम्झौता गरेका हो ।

पेन्टागनले विहिबार विज्ञप्ती जारी गर्दै भविष्यमा आउन सक्ने सुरक्षा चुनौति र वर्तमान परिस्थितीको सामना गर्नेतर्फ रियादलाई सघाउन हतियार विक्री गर्न लागिएको जनाएको छ ।

पेन्टागनले भनेको छ, ‘यो प्रस्तावले अमेरिकाको विदेशी नीति र राष्ट्रिय सुरक्षालाई सहयोग पुग्नेछ । साथै मित्र राष्ट्रको सुरक्षा सुधार गर्न मद्दत गर्नेछ र मध्य पूर्वमा राजनीतिक र आर्थिक प्रगतिको लागि महत्त्वपूर्ण शक्तिको रूपमा हनेछ ।’

सरकारको अनुमतिपछि अमेरिकाको म्यासाचुसेट्स राज्यमा रहेको रेथियोन विक्री कम्पनीले ती मध्यम दूरीको हवाइ हमला गर्न सकिने मिसाइल र अन्य उपकरण साउदी अरेबियालाई उपलब्ध गराउनेछ । साउदीले यमनमा हवाइ कार्वाही रोक्ने निर्णय गरेपछि राष्ट्रपति बाइडेनले उसलाई हतियार विक्री गर्ने कदम चालेका हुन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टअन्तर्गतको राजनीतिक र सैनिक शाखाका अनुसार साउदीलाई उपलब्ध गराइने तयारीमा रहेका हतियारहरु जमिनमा भने प्रयोगमा आउनेछैनन् । ‘बितेको वर्षदेखि हामीले देखिरहेका छौं कि साउदीमाथि सीमापारीबाट आक्रमण भैरहेको छ’ शाखाले भनेको छ । यो हतियार विक्री गर्न अमेरिकी संसदको अनुमोदन आवश्यक पर्नेछैन तर, सांसदहरुले सिनेट र तल्लो सदनमा भने यससम्बन्धी बिललाई रोक्न सक्नेछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर