नेप्से ५.२२ अंकले बढ्याे, सेन्सेटिभि परिसुचक घट्यो – Nepal Press

नेप्से ५.२२ अंकले बढ्याे, सेन्सेटिभि परिसुचक घट्यो

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ अंकको बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ९९ लाख ९५ हजार ५५२ कित्ता सेयर किनबेचबाट ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसुचक बढेपनि सेन्सेटिभ परिसुचक भने ०.५२ अंकले घटेको छ ।

समूहगत परिसुचक तर्फ बैंकिङ, विकास बैंक , जलविद्युत, वित्तीय, उत्पादन तथा प्रशोधन , अन्य , माइक्रोफाइनान्स र सामूहिक लगानीकोष समूहको सुचाङ्क बढेको छ भने व्यपार , होटल तथा पर्यटन, जीवन बीमा, नीर्जीवन बीमा र लगानी समूहको सुचाङ्क घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको सुचाङ्क सबैभन्दा धेरै २३.२ अंकले बढेको छ भने नीर्जीवन बीमा समुहको सबैभन्दा धेरै ११३.४४ अंकले घटेको छ । महालक्ष्मी विकास बैंक, साहास उर्जा र आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

मंगलबार ३८ प्रतिशत लाभांश घोषणा गरेको नविल कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको छ । आज नविल बैंकको करिब १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर