‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका प्रचण्ड घरदैलोमा (तस्बिरहरू) – Nepal Press

‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका प्रचण्ड घरदैलोमा (तस्बिरहरू)

काठमाडौं । आउने संसदीय निर्वाचन चितवनबाटै लड्ने उद्घोष गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो थालेका छन् ।

उनकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले निर्वाचन क्षेत्रका शहीद परिवार तथा घरदैलोमा गएर जनतासँग भेटघाट गरेका हुन् ।

हिजो चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आगामी संसदीय निर्वाचन आफ्नो अन्तिम हुन सक्ने संकेत गरेका थिए । र, उनले चितवनबाटै अन्तिम निर्वाचन लड्ने बताएका थिए ।

एमालेले बुटवलमा गर्ने भनेको महाधिवेशन आफूलाई लक्षित गरेर चितवन सारेको टिप्पणी गर्दै प्रचण्डले यही कारणले पनि आफूले चितवन नछाड्ने बताएका थिए ।


प्रतिक्रिया

One thought on “‘अन्तिमपटक’ चितवनबाटै चुनाव लड्ने उद्घोष गरेका प्रचण्ड घरदैलोमा (तस्बिरहरू)

  1. यहिबेला हो है बलियोसँग किला ठोक्ने नत्र किला हल्लिन सक्छ, सचेत भया, हार्दिक बधाई तथा शुभकामना छ कमरेडलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर