एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष – Nepal Press

एमाले अधिवेशन : रोल्पाको सुनिलस्मृति गाउँपालिकामा महिला नेतृत्व, तारा सेन बनिन् अध्यक्ष

रोल्पा । नेकपा (एमाले) सुनिलस्मृति गाउँपालिका कमिटी महिला नेतृत्वमा चयन भएको छ । मंगलबार भएको प्रथम अधिवेशनबाट तारा सेन सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी छन् ।

सेन अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य हुन् ।

पहिलो बैठकबाट सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय समेत भएको छ । त्यस्तै उपाध्यक्षमा शशिराम कुबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन भएका छन् ।

७३ जनाको पालिका कमिटी बनाउनुपर्ने भए पनि अन्य सदस्य पछि थप गर्ने गरी हाललाई ५३ जनाको कमिटी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर