विश्वकपमा अफगानिस्तानको फराकिलो जित – Nepal Press

विश्वकपमा अफगानिस्तानको फराकिलो जित

एजेन्सी । मुजिव उर रहमान र रशिद खानको स्पिन बलिङ सामना गर्न नसक्दा ट्वान्टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत स्कटल्याण्डले अफगानिस्तानसँग १ सय ३० रनको हार ब्यहोरेको छ ।

स्कटल्याण्डले विश्वकपको दोस्रोचरणमा पहिलोपल्ट खेलेको हो । युएईको सारजाहमा १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएका उनीहरु ६० रनमै समेटिए ।

मुजिवले २० रन खर्चेर ५ विकेट लिए । पहिलो विश्वकप खेल्दै गरेका उनको यो करिअरकै उत्कृष्ट प्रदर्शन थियो । अर्का प्रभावशाली स्पिनर रशिदले ९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानलाई रोक्न स्कटल्याण्डका बलरहरु असफल रहे । १९०–४ को योगफल जारी विश्वकपकै सर्बाधिक हो । अफगानिस्तानका ब्याट्सम्यानले ११ छक्का प्रहार गरेका थिए । त्यसमध्ये एउटा त रंगशालाबाट बाहिर पुगेको थियो ।

अफगान टोलीका लागि जनिवुल्लाह जदरानले ३४ बलमा ५९, रहमनुल्लाह गुर्वाजले ३७ बलमा ४६ तथा हजरतुल्लाह जाजाईले ३० बलमा ४४ रनको योगदान गरेका थिए ।

अफगानिस्तानले अर्को खेल नामिवियासँग खेल्नेछ । त्यसबाहेक समूह २ मा रहेका बलिया टोलीहरु न्युजिल्याण्ड, भारत र पाकिस्तालनसँग खेल्नुपर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर