गृहजिल्लामा पञ्चेबाजा बजाएर महिलामन्त्रीको स्वागत, सामाजिक सुरक्षा भत्ता घर-घर पुगेर बाँड्ने प्रतिबद्धता (भिडिओ) – Nepal Press

गृहजिल्लामा पञ्चेबाजा बजाएर महिलामन्त्रीको स्वागत, सामाजिक सुरक्षा भत्ता घर-घर पुगेर बाँड्ने प्रतिबद्धता (भिडिओ)

चितवन । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी गृहजिल्ला चितवन आएकी छन् । बहुदल आएपछि चितवनले फुलमन्त्री पाएको भन्दै पञचेबाजासहित उनको भव्य स्वागत गरिएको छ ।

मन्त्री रेग्मीले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइन् । गृहजिल्ला भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अशक्त तथा अपांगता भएकाहरुलाई घरै लगेर भत्ता बाँड्न पहल गर्ने आश्वासन दिइन् । ‘अरुले नखोजेको, मैले रोजेकै मन्त्रालय रोजेर मन्त्री बनेको छु’, उनले भनिन्, ‘धेरै समस्या छन्, हिंसालाई न्यूनीकरण गर्न लाग्नेछु, भएका कानूनलाई कडारूपमा कार्यान्वयन गर्न लाग्छु ।’

उनले बालबालिकालाई प्राथमिकता राखेर कोभिडविरुद्धको खोप लगाइने पनि बताइन् । ‘गठबन्धनको सरकार बनेपछि धेरै जनताले खोप पाएका छन्, अबको प्राथमिकतामा बालबालिका पर्ने छन् । त्यसका लागि स्वास्थ मन्त्रालयसँग समन्वय गर्नेछौं’, मन्त्री रेग्मीले भनिन् ।

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने लगायतका महत्त्वपूर्ण अध्यादेशहरु फेरि सक्रिय बनाइने उनको भनाइ छ । उनले भनिन्, ‘ती अध्यादेशहरू क्यान्सिल भएका होइनन्, एमालेले हाउस घेरेकाले सहज नभएको हो ।’

हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवाले सत्ता र पदका लागि मनपरि निर्णय गरेको आरोपको खण्डन उनले खण्डन गरेकी छन् । ‘प्रतिपक्षमै बसौं, लोभ नगरौं भन्दा रामचन्द्रजीले नै पव्लिक सभामै सत्ताको नेतृत्व लिनुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भनेको सबैलाई थाहा छ । त्यो उहाँको महाधिवेशनको नारामात्रै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर