प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन – Nepal Press

प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ ।

तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाए ।

आइतबार रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । केही सुरक्षाकर्मी घाइते भएका थिए ।

राष्ट्रियसभामा पनि एमालेले मोतिपुर घटनामा प्रहरी दमनको विरोध गर्दै सरकारसँग जवाफ मागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर