महिला लघुवित्तले घोषणा गर्यो ५० प्रतिशत लाभांश

२०७८ असोज २४ गते ११:५२

काठमाडौं । महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश विगतरणको घोषणा गरेको छ ।
शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजी १० करोडको ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरी कुल पाँच करोड रूपैयाँ लाभांश वितरण गर्न लागेको हो ।
राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउँनेछन् ।
प्रतिक्रिया