मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा, शशांकलाई भेटेर के भने ? – Nepal Press

मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा, शशांकलाई भेटेर के भने ?

काठमाडाैं। उद्योगमन्त्री नियुक्त भएको दुई दिनमै गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिने भएका हुन् ।

हमालले हिजो बेलुकी कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए ।
उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्‍याे ।’

हमालले सम्भवत: आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर