देवेन्द्र पौडेल: धनगढी जेलदेखि शिक्षा मन्त्रीसम्म – Nepal Press

देवेन्द्र पौडेल: धनगढी जेलदेखि शिक्षा मन्त्रीसम्म

काठमाडौं । देवेन्द्र पौडेलका नाममा एउटा ट्याग थियो- मन्त्री नबनेका माओवादीका एकमात्र स्थायी कमिटी सदस्य । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‍मा समेटिएसँगै उनमाथिको यो ट्याग मेटिएको छ।

शिक्षामन्त्रालयको नेतृत्व पाएका पौडेल शालीन नेता मानिन्छन् । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेल २०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका थिए।

पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ।

अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी उक्त संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए।

उनी २०७१ मा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६२ मा पोलिटव्यूरो सदस्य भएका थिए । त्यस्तै २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका थिए।

माओवादी जनयुद्धमा सुरूआती चरणदेखि सहभागी भएका उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै उनी ६ महिना सदरखोरमा थुनामा परेका थिए ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए।

भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उनीसँगै गएका थिए । पछि उनी माओवादीमै फर्किएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएर काम गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर