नेपाली फिल्म ‘एक्स-नाइन’मा साइन गर्न सुनिल सेठ्ठी सकारात्मक, मुम्बइमा निर्माता र सेठ्ठीबीच छलफल – Nepal Press

नेपाली फिल्म ‘एक्स-नाइन’मा साइन गर्न सुनिल सेठ्ठी सकारात्मक, मुम्बइमा निर्माता र सेठ्ठीबीच छलफल

काठमाडौं । मुलुकमा अहिलेसम्मकै बिग बजेटमा निर्माण हुने दावी गरिएको फिल्म ‘एक्स-नाइन’ अहिले चर्चामा छ । छायांकन कहिलेदेखि सुरु हुने टुंगो नलागेपनि स्टारकास्टको कारण यसले चर्चा पाइरहेको छ ।

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको यो प्रोजेक्टमा अनमोल केसी, सौगात मल्लदेखि विदेशी कलाकारको सम्भावित लाइनअपले चर्चामा आएको हो । अनमोल र सौगातसँगै बलिउड अभिनेता सुनिल सेठ्ठी पनि यो फिल्ममा अनुबन्धित हुनसक्ने जनाइएको छ ।

सुनिललाई अनुबन्धन गर्नको लागि निर्देशक एवं निर्माता भट्ट अहिले मुम्बइमा छन् । बिहीवार सुनिलसँग भट्टसहितको निर्माण युनिटले प्रोजेक्टबारे छलफल गरेको छ । स्रोतका अनुसार एकसाताभित्रै सुनिलले यो नेपाली फिल्म साइन गर्नसक्छन् । यसअघि बलिउडका अर्का अभिनेता सोनु सुदलाई पनि फिल्मको प्रस्ताव गरिएको थियो ।

काठमाडौं, युरोप र क्यानडामा फिल्म सुटिङ गर्ने तयारी छ । जनवरीदेखि फिल्म सुटिङ सुरु हुने भएकाले अहिलेदेखि नै फिल्मको रिहर्सल पनि सुरु भएको छ । फिल्ममा चारजना नायक हुने र नायिकालाई पनि भारतबाटै ल्याउने निर्माताको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर