क्यानमा सचिवको जिम्मेवारी प्रशान्त विक्रम मल्ललाई – Nepal Press

क्यानमा सचिवको जिम्मेवारी प्रशान्त विक्रम मल्ललाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्त विक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकु¥यालले पदबाट राजीनामा दिएका थिए ।

क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो । यस्तै, क्यानले डिसेम्बर २५ मा साधारण सभा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै, क्यानको बैठकले कर्णाली प्रदेशमा प्रदेश मातहत न्यनतम ४ जिल्ला हुनुपर्ने वैधानिकअनुसार कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *