कास्कीमा कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ – Nepal Press

कास्कीमा कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

पोखरा । पोखरामा कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-११ फूलबारी स्थित शिव शक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्न पत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

फूलबारीका ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरूलाई कक्षा १२ को ८ वटा थप उत्तर पुस्तिका र ३ वटा मोबाइल फोनसहित पक्राउ गरिएको शर्माले बताए ।

पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजना सोही विद्यालयका शिक्षक भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर