प्रदेशसभा बैठक साढे तीन बजेसम्मका लागि स्थगित, लोसपाको विरोधबीच मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी – Nepal Press
प्रदेश २

प्रदेशसभा बैठक साढे तीन बजेसम्मका लागि स्थगित, लोसपाको विरोधबीच मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । अर्को बैठक आजै साढे तीन बजेका लागि बोलाइएको छ । आजकै बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी छ ।

जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ । भदौ ९ मा निर्वाचन आयोगमा लोसपा दर्ता भएको थियो । तर प्रदेश सांसदलाई दल रोज्ने समय आयोगले भदौ २२ गतेसम्मका लागि तोकेका कारण त्यसलाई आधार बनाएर संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्रै मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

१०४ सांसद रहको प्रदेशसभामा मुख्यमन्त्री राउतको पक्षमा स्पष्ट बहुमत छ । प्रमुख सत्तारुढ जसपाका ३८, सत्तारुढ दलहरु नेपाली कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन् । सरकारमा सहभागी हुन तयार अवस्थामा रहेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका १३ सांसद र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद पनि सरकारको पक्षमै रहेका छन् । यो हिसाबले मुख्यमन्त्री राउतले ७९ मत पाउने देखिन्छ ।

सरकारको विपक्षमा नवगठित लोसपा र नेकपा एमाले मात्र छन् । लोसपाका १६ र एमालेका ८ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर