विश्व क्रान्तिको नेतृत्वमा ४० युवा माओवादी प्रवेश (सूचीसहित) – Nepal Press

विश्व क्रान्तिको नेतृत्वमा ४० युवा माओवादी प्रवेश (सूचीसहित)

काठमाडौं । ‘बाबु’ भनिने विश्व क्रान्ति सिंहको नेतृत्वमा करिब ४० जना युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनी मकवानपुरका हुन् ।

पेरिसडाँडामा जारी माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनको नेतृत्वमा युवाहरू माओवादीमा प्रवेश गरेको माओवादीनिकट संगीतकर्मी चेतन सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । अहिले थोरै प्रतिनिधिसहित मात्रै प्रवेश गरेको र थप ५ हजार जति युवालाई आफूले ल्याउने दावी विश्व क्रान्ति गरेका छन् ।

माओवादी प्रवेश गरेका विश्वक्रान्तिको पृष्ठभूमि भने विवादस्पद छ । गुण्डागर्दीबाट चर्चामा आएका उनी पटक पटक जेल परेका छन् । पछिल्लो पटक हात हतियार तथा खरखजना ऐन अन्तर्गत जेल सजाय पाएर केही समयअघिघमात्र छुटेका हुन्् ।

हेर्नुस् नवप्रवेशीको सूची :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर