कपिलबस्तुका आधाभन्दा बढी स्थानीय तहमा पौडेल पक्षका सभापति, देउवा पक्ष झन् कमजोर – Nepal Press
कांग्रेस अधिवेशन

कपिलबस्तुका आधाभन्दा बढी स्थानीय तहमा पौडेल पक्षका सभापति, देउवा पक्ष झन् कमजोर

रूपन्देही । १० स्थानीय तह रहेको कपिलवस्तुमा कांग्रेस सभापति शेरबहादुर देउवा समूहभन्दा रामचन्द्र पौडेल समूह तहमा सभापति जितेको छ ।

बुधबार भएको अधिवेशनबाट ६ वटा नगरपालिकामा पौडेल समूह विजयी भएको छ भने तीन गाउँपालिकामा देउवा समूह विजयी भएको छ ।

कांग्रेसको चौधौं महाधिवेशनअन्तरगत कपिलवस्तुका ८ पालिकामा चुनावबाट र १ पालिकामा सहमतिबाट नेतृत्व छनौट भएको थियो । यशोधरा गाउँपालिकामा भने एउटा वडाको अधिवेशन नभएकाले पालिका अधिवेशन रोकिएको छ ।

निर्वाचनबाट पौडेल समूहबाट नगर सभापतिमा निर्वाचित हुनेमा बुद्धभूमिमा माधव दमासे, वाणगंगामा विष्णु थापा, कपिलवस्तु नगरपालिकामा खुर्सेद अहमद खाँ , कृष्णनगरमा देवानन्द शुक्ला, महाराजगन्जमा रामअचल कुर्मी र शिवराज नगरपालिकाको नगर सभापतिमा मधु पोख्रेल निर्वाचित भएका छन् । देउवा समूहबाट शुद्धोधनमा विश्वम्भर कुर्मी, मायादेवीमा शैलेन्द्र दुबे र विजयनगर गाउँ समितिको सभापतिमा जानकी यादव विजयी भएका छन् ।

देउवा समूहबाट नेताहरू दीपककुमार उपाध्याय,वीरेन्द्र कनौडिया, अभिशेष प्रताप शाह लागे पनि पौडेल समूहको पकड रहेका नगर सभापतिमा आफ्ना समूहका नेतालाई जिताउन सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर