दुई आयोगले बुझायो राष्ट्रपति समक्ष प्रतिवेदन – Nepal Press

दुई आयोगले बुझायो राष्ट्रपति समक्ष प्रतिवेदन

काठमाडौं । दुई संवैधानिक आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोग र मधेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  प्रतिवेदन पेस गरेका हुन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी र मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले  राष्ट्रपति  समक्ष आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

नेपालको संविधानको धारा २९४  बमाेजिम आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर