पर्यटन दिवसको अवसरमा ७ जना उद्यमी सम्मानित – Nepal Press

पर्यटन दिवसको अवसरमा ७ जना उद्यमी सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले विश्व पर्यटन दिवस २०२१ को अवसरमा  पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ ।

परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको हाे । उनीहरु पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय रहेका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए । उनले नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन्स लिडरसिप फोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले नेपाली वस्तुको उत्पादन वृद्धि गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आग्रह गरेका छन् ।

‘हामी सधैँ आयातित वस्तुमा भर पर्ने होइन, अब नेपाली वस्तु उत्पादन वृद्धि गरी स्वदेशी आवश्यकता परिपूर्ति गर्न र निर्यातका लागि पनि तयार रहन म निजी क्षेत्रलाई आग्रह गर्छु,’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर