करणको आक्रामक बलिङमा नेपालको राम्रो सुरुआत – Nepal Press

करणको आक्रामक बलिङमा नेपालको राम्रो सुरुआत

काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ । शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको थियो ।

नेपालले ओमानका दुवै ओपनरसहित माथिल्लो क्रमका ब्याट्सम्यानलाई पेभेलियन फर्काइसकेको छ ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले मात्रै ३ विकेट लिइसकेका छन् । ५ ओभर बलिङ गरेका करणले १२ रन खर्चेर १ मेडनसहित ३ विकेट लिएका हुन् ।

ओमानका ओपनरद्वय जतिन्दर सिंह १३ र सुफियान महेमुद चार रन बनाएर पेभेलियन फर्किँदा वान् डाउनमा आएका आयान खान पनि ७ रन बनाएर आउट भए ।

१० ओभरको खेल सकिँदा ओमान ३२/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ । शृंखलाको दोस्रो खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

आजको खेल मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम रहेकाले नेपाली टोली उनलाई सुखद् विदाई दिने लक्ष्यमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *