पोखरा पुगेर किसान श्रेष्ठले भने- ओलीले हाम्रालाई टिकट नदिएकाले कमजोर देखियौं, आजदेखि देखाइदिन्छौं – Nepal Press

पोखरा पुगेर किसान श्रेष्ठले भने- ओलीले हाम्रालाई टिकट नदिएकाले कमजोर देखियौं, आजदेखि देखाइदिन्छौं

पोखरा । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद किसान श्रेष्ठले पार्टीलाई कमजोर नआँक्न भन्दै आफू एकमात्र भए पनि नेकपा एमालेलाई भार पर्ने दावी गरेका छन् ।

पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा ओलीले कुनै टिकट नदिएकैले अहिले आफूहरू कमजोर हुन पुगेको बताए ।

उनले भने, ‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ? आजदेखि नेकपा एकीकृत समाजवादीले बिगुल फुक्यो, आजदेखि देखाइदिन्छौं हामी कमजोर हो कि के हो भनेर ?’

केही समयअघि आफू पोखरा आएर फर्कँदा प्लेन चढिसकेपछि ओलीका कार्यकर्ताले किसान श्रेष्ठलाई लखेटेको भनेर भ्रम फिँजाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर