साउदीमा साफ च्याम्पियनसिपको तयारी गर्दै श्रीलंका – Nepal Press

साउदीमा साफ च्याम्पियनसिपको तयारी गर्दै श्रीलंका

काठमाडौं । साफ च्यापियनसिपको तयारीको लागि श्रीलंका राष्ट्रिय फुटबल टोलीले साउदी अरबको रियादमा दुई हप्ता बन्द प्रशिक्षण गर्ने भएको छ ।

असोज १५ देखि माल्दिभ्समा शुरू हुने च्याम्पियनसिपको तयारीका लागि श्रीलंका फुटबलका अध्यक्ष जस्वार उमारले साउदी अरबियन फुटबल संघका अध्यक्ष यासेर बिन हसन अल-मिसेहलसँग छलफल गरेर साउदीमा बन्द प्रशिक्षणको व्यवस्था मिलाएका हुन् ।

बन्द प्रशिक्षणका लागि २७ खेलाडी र ११ पदाधिकारी साउदी जाँदैछन् । ‘हाम्रो छोटो सूचनामा अनुरोधलाई स्वीकार गर्दिनुभएकोमा हामी यासेर बिन हसन अल-मिसेहल र साउदी फुटबल फेडेरेसनप्रति आभारी छौं,’ जास्वारले भने ।

बन्द प्रशिक्षणको दौरान श्रीलंकन टोलीले साउदीमा केही मैत्रीपूर्ण खेल खेल्नेछ ।

साफ च्याम्पियनसिपबाट फर्किएपछि श्रीलंकन टोली पहिलो पटक आयोजना हुन लागेको चार-देशीय प्रतियोगिताको तयारीका लागि पुनः कतार जाने तय भएको छ ।

कोलम्बोमा नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा मालदिभ्स, सेचेल्स, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *