सिरहामा पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

२०७८ भदौ ३० गते १९:५१

जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडीबाट प्रहरीले चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आज साँझ चेकजाँचको क्रममा भारतको मधुवनी जिल्ला खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतोलाई चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५ किलो चाँदी बरामद प्रहरीले जनाएको छ ।
दुबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ठाडीले ईलाका प्रहरी कार्यालय लहानमा बुझाउन लागेको सिरहाका एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरुले कहाँबाट चाँदी खरिद गरेका थिए भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर