प्युठानका ६ जनप्रतिनिधि नेकपा एसमा, एमाले छाड्नेमा वडा सदस्य धेरै – Nepal Press

प्युठानका ६ जनप्रतिनिधि नेकपा एसमा, एमाले छाड्नेमा वडा सदस्य धेरै

रूपन्देही । प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरूले निर्वाचन कार्यालयमा पुगेर नेकपा एसमा रहेको सनाखत गरेका छन् ।

सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, प्यूठान नगरपालिका–९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन् ।

एमाले छोडेर नेकपा एकिकृत समाजबादी रोज्ने चारैजना एमाले केन्द्रीय सदस्य सूर्य थापा र नेता मणि थापाको निर्वाचन क्षेत्रका जनप्रतिनिधि रहेको नेकपा समाजवादीका जिल्ला सचिव दीपेन्द्र केसीले जानकारी दिए।

आइतबार सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका थिए ।

जिल्ला सचिव केसीले २२ गतेसम्म जिल्लाका स्थानीय तहका अरू जनप्रतिनिधिले सनाखत गर्ने तयारी भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर