काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन – Nepal Press

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए ।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर