माधव नेपाललाई भीम रावलको जवाफ- धकेल्दा धकेलिनेले पछाडि फर्काउन खोज्दा फर्किनु पर्थ्यो – Nepal Press

माधव नेपाललाई भीम रावलको जवाफ- धकेल्दा धकेलिनेले पछाडि फर्काउन खोज्दा फर्किनु पर्थ्यो

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी फुटाएर गएका नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गरेका छन् ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ समाजिक संजालमा रावलको प्रतिक्रिया छ ।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेका थिए ।

एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका राववले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।

उनको भनाइ छ, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’

नेता नेपालले दोस्रो तहका भनिने नेताहरू आफ्नो पार्टीमा आए आफू अध्यक्ष छोड्न तयार रहेको समेत बताएका थिए । त्यसको जवाफमा नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर