चेम्बरका पदाधिकारी र अर्थ सचिवबीच बजेट खर्चका बारेमा छलफल – Nepal Press

चेम्बरका पदाधिकारी र अर्थ सचिवबीच बजेट खर्चका बारेमा छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र अर्थ सचिवबीच छलफल भएको छ । छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताए ।

आर्थिक वर्ष २०७७÷७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विनियोजन गरिएको पुंजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको मल्लले बताए ।

मल्लले भने, ‘कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनु पर्छ । कृषि उत्पादन ढुवानीको लागि भंसार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन्छ ।’

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चेम्बरसँगको छलफलमा आम नागरिक, व्यवसायी र सरकारलाई हित हुने गरी व्यवसाय संचालनमा जोड दिनु पर्ने बताए । व्यवसायीहरुको आत्मविश्वास बढाउन सरकार प्रतिवद्ध रहेको मरासिनीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर