तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने – Nepal Press

तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

दिल्ली । तालीवानी विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि भारतले यसप्रति प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले पहिलो पटक सार्वजनिक गरेको धारणामा तालीवानीबारे केही उल्लेख गरिएको छैन् ।

काबु्लको सुरक्षा अवस्था बिग्रिएको उल्लेख गर्दै भारतले त्यहाँको अवस्था नजिकबाट नियालीरहेको, भारतीय नागरिकाका लागि लगातार रुपमा सुरक्षा ‘एडभाइजरी’ जारी गरेको उल्लेख गरिएको छ। त्यस्तै अफगानिस्तानमा रहेका शिख र हिन्दू प्रतिनिधिसँग सम्पर्कमा रहेको र भारत आउन चाहानेका लागि सहजिकरण गरिने बताइएको छ।

विकास र शिक्षा जस्ता कुरामा भारतसँग आपसी सहकार्य गर्न चाहाने धेरै अफगानी नागरिक रहेको भन्दै उनीहरुको पक्षमा भारत उभिने विदेश मन्त्रालयको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर