घुस लिएको भन्दे रुसका मन्त्री पक्राउ, १५ वर्ष जेल जाने सम्भावना – Nepal Press

घुस लिएको भन्दे रुसका मन्त्री पक्राउ, १५ वर्ष जेल जाने सम्भावना

काठमाडौं । रुसले घुस लिएको आरोप लागेका एक मन्त्रीलाई पक्राउ गरेको छ । रुसको सहायक रक्षामन्त्री तिमुर इभानोभलाई पक्राउ गरिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार पक्राउको निर्णय मंगलबार भएको हो । क्रेमलिनका प्रबक्ता दिमित्रि पेस्कोभले रुसी राष्ट्रपति भ्यादिमिर पुटिन तथा रक्षामन्त्री सेर्गि सोइगुँलाई पक्राउबारेमा जानकारी गराइएको बताएका छन् ।

पक्राउ पर्नुभन्दा केहि अगाडिसम्म मात्रै इभानोभ रुसी रक्षामन्त्री सोइगुँले आयोजना गरेको एक बैठकमा सहभागी भएको आरटीले उल्लेख गरेको छ । उनलाई दश लाख रुबल घुस खाएको आरोप छ । दश लाख रुबल भनेको साढे दश हजार अमेरिकी डलर हो । यो नेपाली १४ लाख हाराहारी हो । उनको आरोप प्रमाणित भएको खण्डमा उनलाई १५ वर्षको कैद फैसला हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर