प्रदेश प्रमुख शेरचनको दाबी– लुम्बिनीको विशेष अधिवेशन संविधानअनुसार नै – Nepal Press

प्रदेश प्रमुख शेरचनको दाबी– लुम्बिनीको विशेष अधिवेशन संविधानअनुसार नै

रुपन्देही । लुम्बिनी प्रदेशको सत्तापक्ष नेकपा एमालेले साउन २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन संविधानविपरीत भनिरहेको बेला प्रदेश प्रमुख अमिक शेरचनले संविधानअनुसार नै अधिवेशन बोलाइएको बताएका छन् ।

आइतबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको तेस्रो स्थापना दिवसमा बोल्दै शेरचनले संवैधानिक रुपमै अधिवेशन बोलाइएको बताएका हुन् । प्रतिपक्षी सांसदहरुले अधिवेशनका लागि आग्रह गरेअनुसार आफूले अधिवेशन आह्वान गरेको शेरचनको भनाइ छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारलाई बहुमत सावित गर्न आग्रह गर्दै आफू प्रदेश प्रमुखमा पदवहाली भइरहँदा सरकारका प्रतिनिधिको उपस्थिति नभएकोप्रति दुुःखेसो गरे ।

उनले लुम्बिनी प्रदेशमा पछिल्लो समय देखिएको चुनौती र समस्या संवैधानिक रहेको र सोहीअनुरुप समाधान हुने बताए । सत्तापक्ष र प्रतिपक्षका बीचमा बहुमत र अल्पमतको नाममा देखिएका समस्याको समाधान संवैधानिक प्रकृयाबाट नै समाधान हुने उनले बताए ।

उनले प्रदेश प्रमुखमा नियुक्ति भएसंगै कुनैपनि दलको सदस्य नभएकोले कुनैपनि दलको नजिक रहेर काम नगर्ने भन्दै आफूलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा नहेर्न पनि आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रमुख भएर बुटवल आएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख शेरचनले निषेधको राजनीतिबाट समस्याको समाधान नहुने भएकोले सहमतीय प्रणालीको आधारमा अगाडि बढ्न दलहरुलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर