राष्ट्रियसभामा बिडारी- संवैधानिक आयोगमा गरिएको नियुक्ति बदर गर्न निर्देशन दिइयोस् – Nepal Press

राष्ट्रियसभामा बिडारी- संवैधानिक आयोगमा गरिएको नियुक्ति बदर गर्न निर्देशन दिइयोस्

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रियसभाले निर्देशन दिनुपर्ने बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिकरूपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको आरोप लगाए । उनले भने, ‘राष्ट्रियसभा जस्तो गरिमामय सभाले भनोस्- अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारवाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्तिहरू बदर गरेर ठीक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौं ।’

संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधानविरोधीहरू खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको बिडारीले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर