यस्तो छ विजय शाहीले कागज गराएर दिएको ‘फर्मुला’ – Nepal Press

यस्तो छ विजय शाहीले कागज गराएर दिएको ‘फर्मुला’

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ घर भएकी विवाशा ठकूरी जेनिथ इन्स्टिच्यूट वीरेन्द्रनगरमा लोकसेवा कक्षाको तयारी गरिरहेकी थिइन् । त्यही इन्स्टिच्यूटको एक कोठामा विजय शाहीले कार्यालय खोलेका थिए ।

जताततै विजय शाहीको चर्चा चलिरहेको बेलामा जेनिथमा लोकसेवाको तयारी गर्न आएकाहरूको ध्यान उनीतिर मोडियो । शाहीकै जसरी केही मिनेटमै किताब कण्ठस्त पार्ने कला सिक्ने पाए लोकसेवामा सजिलै नाम निकाल्न सकिने सपना विवाशाले पनि देखिन् । शाहीको टिमका मानिसहरूले उनीहरूलाई लगातार लोभ्याए ।

‘विजय शाहीको टिमका ओम रेग्मी र पुस्कल शर्मा हरेक दिनजस्तो हाम्रो कक्षामा आउँथे । यसरी तयारी गरेर कहीँ पुगिदैन । शाहीसँग फर्मुला सिकेको खण्डमा सजिलै लोकसेवा आयोगामा नाम निकाल्न सकिन्छ भन्दै प्रलोभन दिने गर्थे,’ विवाशा भन्छिन्, ‘हामीलाई पनि फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने आशा जाग्यो । अनि एक दिन उनीहरूको कार्यालयमा गएर फाराम भर्‍यौं ।’

फाराम भरिसकेपछि उनीहरूलाई कम्तीमा तीन घण्टा पद्यमासनको तयारी गर्न भनिएको थियो । ओम रेग्मीले यूटुयूवमा भएका पद्यमासनसम्बन्धी भिडियो पनि पठाइदिए । त्यही भिडियोको आधारमा आफूहरूले तयारी गरेको विवाशा बताउँछिन् ।

‘खाना खाने समयमा पनि त्यही पद्यमासन गर्न बस्यौं । राति निद्रा पनि लाग्न छोडेको थियो । कसरी तीन घण्टा पद्यमासन गर्न सकिन्छ भन्ने ध्याउन्नमै दुई महिना वित्यो,’ उनले सुनाइन् ।

दुई महिनापछि उनलाई छिन्चु बोलाइयो । अरुसँगै तीन घन्टासम्म पद्मासन गर्न लगाइयो । त्यसमा उनी सफल भइन् । त्यसपछि अर्को राउन्डमा केही शब्दहरू घोक्न लगाइयो । अन्तिममा एउटा फर्मुला दिइयो, जुन हेरेर उनी जिल्ल परिन् । फर्मुला सिक्न नसकेपछि उनको सपना अधुरै रह्यो ।

दुल्ले नगरपालिका वडा नं. ५ रिजु पोखराकी लक्ष्मी पोखरेल पनि विजय शाहीको कला सिक्न फाराम भरेको बताउँछिन् ।

‘उहाँहरूले पहिले विज्ञापन गर्नुभएको थियो । हामीले फाराम भर्‍यौं । ओरियन्टेसन कक्षामा विजय शाही आएका हुन् । तीन घण्टा पद्यमासन गर्नुपर्छ, त्यति सक्यो भने पचास प्रतिशत सफलता मिल्ने बताएका थिए,’ उनी भन्छिन्, ‘फाराम भरेको एक-डेढ महिनापछि तीन दिनका लागि गोठीकाँडामा जाने भनेका थिए । एकैदिन नौ घण्टाको कक्षा हुने भनिएको थियो । तर काठमाडौं र झापाबाट पनि केही युवाहरु कक्षामा आउने भएको भनेर भेरीगंगा नगरपालिकाको गुराँस बहुउदेश्यीय सहकारी संस्थाको हलमा राखेर तीन घण्टा पद्यमासन गर्न लगाए ।’

त्यसअघि उनीहरूलाई एकान्तमा गएर फर्मुला सिक्नुपर्ने बताइएको थियो ।

‘एकान्तमा गएर मात्रै फर्मुला सिक्न सकिन्छ भनेर गोठीकाँडा क्यान्सिल गरेर हामीलाई छिन्चु लगे, तर त्यहाँ जङगल वा एकान्त स्थानमा नभई हलभित्र राखे,’ उनले भनिन् ।

त्यसपछि आफूहरुले तीन घण्टा पद्यमासन गरेको उनको भनाइ छ । पद्मासनमा ४० जनाजति पास भएको पोखरेलले बताइन् । फेल भएकाहरुलाई यत्तिकै फर्काइएको थियो ।

‘पद्मासनपछि दोस्रो राउन्डमा १७ वटा शब्द हामीलाई कण्ठ गर्न दिइयो । त्यसका लागि तीन घण्टाको समय तोकिएको थियो,’ उनी भन्छिन् ।

दोस्रो र तेस्रो राउन्डमा पास भएका १३ जनालाई फर्मुला दिइएको थियो, त्यो पनि कागज गराएर । फर्मुला उनीहरुले सोचेभन्दा अनौठो प्रकारको थियो । अंग्रेजी अक्षरको बीचमा अंक, कहिँ जोडघटाउ अनि कहिँ कुनै मात्रा । सबै जिल्ल परे । फर्मुला सिक्न नसकेको भन्दै सबैलाई फर्काइयो ।

पोखरेलका अनुसार छिन्चुमा दुई दिन बस्दा उनको थप दश हजार खर्च भएको छ ।

‘केही सिकौंला भनेर प्रयास गरेका थियौं, तर खै के सिक्यौं भन्नु ?’ उनी भन्छिन्, ‘उल्टो मानसिक तनाव मात्रै भयो । खुरुखुरु लोकसेवाको तयारी गरेको भए केही प्रगति हुने थियो बरु, मेमोरी बढाउने चक्करले झन् डामाडोल बनायो ।’

गुर्भाकोट नगरपालिका वडा नं. ११ सुर्खेतका डिलबहादुर विकलाई भने तीन घण्टा पद्यमासन गर्न नसकेको भनेर छिन्चु नै लगिएन । पछि उनलाई काठमाडौं लैजाने भनेर आश्वासन त दिइयो तर त्यो दिन कहिल्यै आएन ।

सल्यानका वसन्त शर्माले हलभित्र जाँदा आफूहरुले तिरेको रसिद फिर्ता लिइएको तथा फर्मुला पनि खोसिएको बताए । शर्माका अनुसार हलमा भएको सीसीटिभी क्यामेरालाई पनि बन्द गरिएको थियो । सबैको नागरिकताको फोटोकपी लिइएको थियो भने आफूले सिकेको फर्मुला अरुलाई नसिकाउने प्रतिबद्धतासहित कागजमा दुवै हातको औंलाको ल्याप्चे लगाइएको थियो ।

यस्तो छ विजय शाहीले सिकाएको नेपाली फर्मुला ।

विजय शाहीले सुर्खेतका मात्रै एक सय चालीस जना विद्यार्थीहरूबाट सात लाखभन्दा बढी उठाएका थिए । ती विद्यार्थीहरुले आफूले तिरेको पैसा फिर्ता हुनुपर्ने बताएका छन् ।

‘फर्मुला सिकाउन प्रयास गरेका हौं, सकिएन’

विजय शाहीको टिमका एक सदस्य ओम रेग्मीले ५ हजार तिरेर फाराम भरेकाहरूलाई फर्मुला सिकाउन प्रयास गरिएको भए पनि उनीहरूले नै नसकेको प्रतिक्रिया दिएका छन् । पैसा तिरेकाहरुलाई अझै पनि फर्मुला सिकाउन विजय शाही तयार रहेको उनको भनाइ छ ।

‘विजय सरले पहिले पनि उहाँहरुलाई छिन्चुसम्म गएर क्लास लिनुभएको हो । तर, एकजनाले पनि सिक्न नसकेपछि सर कालिकोट जानुभो । फर्किएलगत्तै लकडाउन भएकाले सिकाउन पाउनुभएन । लकडाउनपछि फेरि सिकाउने तयारी हुनुहुन्थ्यो तर विवाद भयो । सर अहिले डिप्रेसन भएर घरमै आराम गरेर बसिरहनुभएको छ,’ रेग्मीले बेलिबिस्तार लगाए ।

विजय शाहीको सिकाइमा चार चरण हुने उनी बताउँछन् ।

‘पहिलो राउन्डमा पद्मासन हुन्छ । दोस्रोमा रिडिङ हुन्छ, जसमा केही शब्दहरु कन्ठ गर्न दिइन्छ । तेस्रोमा राइटिङ हुन्छ । यी तीन राउन्ड पार गरेकाहरुले मात्रै अन्तिम राउन्डमा फर्मुला पाउँछन्,’ उनले सुनाए ।

रेग्मीका अनुसार पहिलो राउन्डमा ६०-७० जना, दोस्रोमा २०-२५ जना र तेस्रो राउन्डमा १३ जना पास भएका थिए । तर, फर्मुला राउन्ड भने कसैले पनि कटाउन नसकेको उनको भनाइ छ ।

तपाईं आफूले चाहिँ फर्मुला सिक्नुभयो त ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनी भन्छन्, ‘त्यो त खासमा दैवी शक्ति हो, तपाईंलाई थाहै छ नि ।’

दैवी शक्ति हो भने अरुलाई सिकाउने भनेर किन पैसा उठाएको त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अरुलाई पनि सिकाउन मिल्छ । मैले पनि उहाँबाट सिकेको हो ।’

त्यसो भए तपाईं पनि उसको जस्तै केहीबेरमै किताब कन्ठस्त गर्न सक्नुहुन्छ ?’

‘त्यो त सकिँदैन सर । म एक मिनेटमा ३५-४० वटासम्म शब्द कण्ठ गर्न सक्छु । त्यत्ति हो ।’ तर, त्यसले लोकसेवा परिक्षामा कसरी फाइदा पुग्छ त ?

‘उहाँले किताब कण्ठ पार्न सिकाउने नभएर शब्दहरु सिकाउनुहुन्छ । त्यसलाई प्राक्टिस गर्दै गर्दै आफ्नो मेमोरी पावर बढाउन सकिन्छ भन्ने हो । आफैंले जसरी एकैछिनमा किताब कण्ठ पार्न सक्ने बनाउँछु भनेर उहाँले भन्नुभएको छैन । त्यो त उहाँको मात्रै दैवी शक्ति हो ।’

रेग्मीका अनुसार शाहीले अहिलेसम्म २२ जनालाई आफ्नो फर्मुला सिकाएका छन् ।


प्रतिक्रिया

9 thoughts on “यस्तो छ विजय शाहीले कागज गराएर दिएको ‘फर्मुला’

  1. naya hauwa ko paxi lagne nepali ko bani.. youth le afno power a fai practice bata badhaune ki kag ko paxi lagne? ekxin sochnu pardaina.. ma non-math,non-science background ko student.. 1972 ma maile science, math, c ommerece sabai lai paxare ra board 1st bhaye MA exams ma… real 24 carat gold medal paye.. tespaxi halka yog, pranayam regular garxu bihan 4 baje uthera.. mantra path gaxu .. life ma 7th paxi kaile second bhaiyena.. sadhai top. sadhai regional ra MA ma national top… halla paxi lage bijay sahi haina unko sampark ma jane depression ko birami hune pakka.. hos garnus.. afno brainpower afain badhne ho.. practice bata.. yog ra kasarat bata

    1. Afu Pani comments ma Bijay Sahi jastai bandina ta bhayena ni ani. MA ma board first bhako manxe Lai eti Pani tha hudaina ki MA ma Science, maths Ra commerce (?) Hudaina bhanera? Ani Tini haru farak farak bidha Hun Ra farak farak nai board first haru hunxan tesma. English padheko manxe le 80% lera ayera Physics padheko le 75% lera auda maile jite bhanera bhandine ani? Haha.

      Ani 24 carat gold medal khatrai hunxa hola hai daju? Kun desh ma dinxa Testo? Nepal ma ta suneko xaina 24 carat gold medal bhanera ta haha.

      Baki aba man xa bhane mantra padhun, kk padhun, bihan uthun ani mehenat garum memory bhanya skills ko badhauna sakinxa. Tara 10 mins ma books yad garne bakwas ho, Bijay jasto ko pakshya ma na lagum

  2. ए भेडा जनता हो, अझै कति त्यो ठगको पछि लाग्छौ ?

  3. Anautho Ta Thug Ko pani Chela Hune Rahe xa, Jasle harek Kura Ma Sir Pani Bhando rahe xa, Tyasta Thug Ko Pani Chela Lai ke Chahi Bhanda Hunxa Hola?

  4. Image processing is a part of brain only some peoples brain have enabled this functionality. Albert Einstein is an example of this. Who was sufferd from a types of brain abnormal condition called Austism . You can search in Google what is Austism. Normally a man store data in a brain in word format. But a type of Austism suffered people can store it as a image format. So he/she can remember it any time exactly as image. It doesn’t matter he/she learn or not before.

  5. हरेक व्यक्तिको आफ्नै क्षमता हुन्छ त्यसैलाई चिन्ने कोसिस गरौ । हल्ला र ठगको पछि नलागौ ।

  6. किन बिजय शाहि लाई कसैले अदलत मुद्दा नहलेको हौ येस्तो लाई त जन्म कैदको सजाय हुनु पर्छ

  7. बिजय शाही आफैमा गोरु प्रजाती को केटो हो।उस्ले पटकपटक सोझा साझा युवा विद्यार्थी लाई प्रलोभन मा पारी formula सिकाउछु भनेर धेरै student बाट पैसा लियेको ले मलाइ हास्यास्पद लाग्छ किनकी जनता र सरकार को पुलको रुप्मा रहेको संचारजगत र youtube पत्रकार हरुले पनि उन्कै समाचार पत्रपत्रिका मा र youtube मा पनि बिज्ञापन भैरहेको सबैलाई अबगत नै होला !बिजय साही जस्ता ठगि धन्दा गर्ने लाई सरकार ले कारबाही गर्नु त कहाँ सुरक्षा गरिराखेका छ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *