जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन – Nepal Press

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।

यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो।


प्रतिक्रिया

One thought on “जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर