अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १५ अर्बमाथि कारोबार – Nepal Press

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १५ अर्बमाथि कारोबार

काठमाडौं । नेप्से परिसूचक आज २९.२४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा पुगेको छ । यो भन्दा अघि गत आइतबार नेप्से परिसूचकको उच्च विन्दु ३०५८.६४ रहेको थियो । आज कारोबार रकम पनि बढेको छ ।

३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर किनबेचमा १५ अर्ब १७ करोड ६५ लाख १ हजार ६४३ रूपैयाँ कारोबार भयो । यो असार १ पछिको धेरै कारोबार हो । आज बैंकिङ, व्यापार, होटल एण्ड टुरिजम तथा माइक्रोफाइनान्स घटे पनि अन्य समूहका उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावरका सेयरधनीले धेरै कमाएका छन् ।

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको ४९ करोडको कारोबार भयो । आज घाम्देली हाइड्रोपावर लिमिटेडलगायत ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर