डा.केसीले भने- स्वास्थ्यमन्त्रीमा व्यवसायीको नियुक्ति निन्दनीय – Nepal Press

डा.केसीले भने- स्वास्थ्यमन्त्रीमा व्यवसायीको नियुक्ति निन्दनीय

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत अभियन्ता डा. गोविन्द केसीले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको विषयमा विरोध जनाएका छन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने कदम निन्दनीय र अस्वीकार्य रहेको उनको भनाइ छ ।

केसीले विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवाको सरकारबाट पहिलो गाँसमै ढुंगा लागेको टिप्पणी समेत गरेका छन् । स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्त हुन नहुने भन्दै उनले या स्वास्स्थ्यमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको लगानीबाट अलग हुन वा उनलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

‘अब उपरान्त व्यापारी वा व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् ।’ डा। केसीले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर