प्रचण्ड निवासमा कांग्रेस नेता पौडेल – Nepal Press

प्रचण्ड निवासमा कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार गएका छन् ।

सोमबार बिहान कांग्रेस नेता पौडेल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन खुमलटार पुगेका हुन् । उनले सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पनि सीतालाई भेट्न खुमलटार पुगेका थिए । सीता लामो समयदेखि अस्वस्थ थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर