जसपाको आधिकारिकता विवाद आज टुंगिदै, ४० प्रतिशत पुर्‍याउन महन्थलाई सकस – Nepal Press

जसपाको आधिकारिकता विवाद आज टुंगिदै, ४० प्रतिशत पुर्‍याउन महन्थलाई सकस

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए ।

जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ । तर महन्थ ठाकुरले पनि पुस ७ गतेको निर्णयलाई टेकेर कार्यकारिणी समिति हेरफेर गरेका विवरण आयोगमा बुझाएका छन् ।

पछिल्लो समय जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत छ । सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका कम्तिमा ५ जना सांसद यादव पक्षमा लागेका छन् ।

आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । त्यो अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि मौका दिनेछ । ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउन सकेन भने नयाँ दल दर्ता भए पनि सांसद पद जोगाउन कानूनी अड्चन आउन सक्छ ।

जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् भने प्रतिनिधिसभामा ३२ जना छन् । पछिल्लो पटक यादव पक्षको बैठकमा ठाकुर पक्षका प्रमोद साह, रुही नाज, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रेनुका गुरुङ सहभागी भएका थिए ।

यादव पक्षलाई संसदीय दलमा ४० प्रतिशत पुर्याउन कम्तिमा १३ जना सांसद चाहिन्छ । अहिले प्रतिनिधिसभामा ठाकुर पक्षका सांसद १२ जना सांसद छन् भने राष्ट्रियसभामा १ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर