प्रतिगमनविरुद्ध गठबन्धन गर्‍यौ : राष्ट्रिय जनमोर्चा – Nepal Press

प्रतिगमनविरुद्ध गठबन्धन गर्‍यौ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राजनीतिक रुपमा मतभेद भएपनि प्रतिगमनलाई परास्त गर्न गठबन्धनमा सहभागी भएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा बोल्दै जनताको हितलाई केन्द्रमा राखेर ५ दलीय गठबन्धन बनेको बताइन् । ‘जब प्रतिगमनका कुरा आउँछन् जब अलोकतान्त्रिक कदमका कुराहरु आउँछन् । राजनीतिक मतभेद हुँदाहुँदै पनि दलहरुबीच सहकार्य भएको इतिहास नेपालमा छ । हाम्रो गठबन्धन त्यही परम्पराको निरन्तरता हो’, पौडेलले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउँदै पौडेलले सरकारले आफ्ना चुनौती राम्रोसंग सामना गर्नुपर्ने बताइन् । सर्वोच्च अदालतले मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाएको भन्दै अब विधिको शासनमा मुलुकलाई लैजानुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर