एमाले स्थायी कमिटी बैठक जारी (तस्बिरहरू) – Nepal Press

एमाले स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन् ।  नेकपा एमालेको यसअघिको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर, देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव पक्षका २३ सांसदले भने विश्वासको मतमा के गर्छन् भन्ने सर्वत्र चासो छ ।

जारी स्थायी कमिटी बैठकमा नेपाल समूहका नेताहरू भने सहभागी छैनन् । पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गर्दै आएको छ ।

स्थायी कमिटी बैठक शुरू हुनुअघि एमालेको विघटित वार्ता टोलीका संस्थापन पक्षका नेताहरू पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्केका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर