शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए – Nepal Press

शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए

२१ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १,८७५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ (६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन) नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।

निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।

हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर