स्वास्थ्यको एघारौं तहका १६ कर्मचारीको सरुवा, डा. यादव ट्रमा सेन्टरको निमित्त मेसु (सूचीसहित) – Nepal Press

स्वास्थ्यको एघारौं तहका १६ कर्मचारीको सरुवा, डा. यादव ट्रमा सेन्टरको निमित्त मेसु (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौं तहका १६ जना कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै १२ औं तहका १६ जनाको सरुवा तथा कामकाजमा खटाएको हो । जसमा एक जना दशौं तहको कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. जैनेन्द्र चौधरी र प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. निलमकुमार खड्काको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. ओमप्रसाद अर्याल र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा. विनोद सिंह र प्रमुख अस्पताल नर्सिङ प्रशासक मञ्जु यादवको कोशी अस्पताल विराटनगरमा सरुवा भएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्माको भेरी अस्पताल नेपालगञ्ज बाँके, प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा.दीपेन्द्र गौतमको नारायणी अस्पताल वीरगञ्ज पर्सा, प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा.शैलेन्द्र विकलाई भरतपुर अस्पताल चितवनमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा.सुवास रेग्मी र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा.रामनरेश पण्डितको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीलाई कान्ति बाल अस्पताल र भेरी अस्पताल नेपालगञ्जमा दरबन्दी रही लुम्बिनी प्रदेशअन्तर्गत काजमा रहेका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.सुरेश थापाको नारायणी अस्पताल वीरगञ्ज पर्सामा सरुवा भएको छ ।

यसैबीच डा.सुरेश थापा र डा.विनोद सिंहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, सरिता कार्कीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पताल पोखरा र कोशी अस्पताल विराटनगरका प्रमुख ल्याब टेक्निसियन डा.श्रवणकुमार मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा काजमा खटाइएको छ ।

यस्तै मन्त्रालयले चिकिस्ता विज्ञान राष्ट्रिय ट्रमा सेन्टरमा दरबन्दी रहेर उक्त अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट रहेका प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई ट्रमा सेन्टरमै साविकबमोजिमको पदमा रहेर कामकाज गर्ने जिम्मेवारी दिएको छ ।

चिकिस्ता विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दशौं तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.प्रमोदकुमार यादवलाई ट्रमा सेन्टरको आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टको रुपमा काम गर्नेगरी जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर