लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो – Nepal Press

लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो ।

दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने सार्वजनिक सवारीहरूको भाडा वृद्धि गर्न गत २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाडा समायोजनका लागि स्वीकृति दिएको थियो । त्यस अनुसार २९ असारमा यातायात व्यवस्था विभागले मूल्य बढाएको हो ।

विभागद्वारा आज जारी विज्ञप्तिमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *