छोराले विदेशमा राम्रो काम नपाएको भन्दै एजेन्टमाथि आक्रमण, एजेन्टका हजुरबाको मृत्यु – Nepal Press

छोराले विदेशमा राम्रो काम नपाएको भन्दै एजेन्टमाथि आक्रमण, एजेन्टका हजुरबाको मृत्यु

जनकपुरधाम । विदेश गएका छोराले राम्रो काम नपाएको भन्दै घर घेर्न गएका परिवार र विदेश पठाउने एजेन्टका परिवारबीच झडप भएको छ । सप्तरीको खडक नगरपालिका– ९ मा भएकाे झडपमा एजेन्ट मो. सनाउलका मावलीपट्टिका हजुरबा मो. दाउन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दाउन खडक नगरपालिकाकै हुन् । एजेन्ट मामाघर गएका बेला विदेश गएका छोराका बुवा मो. इजरायल घर घेर्न गएका थिए ।

इजरायलले विदेशमा छोराले राम्रो काम नपाएको भन्दै आक्रोश पाखेपछि झडप भएको थियो । झडपका क्रममा घाइते भएका दाउनको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

यता, रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तीपुरमा पनि बिहीबार राति भएको झडपमा १० जना बढी घाइते भएका छन् भने सात वटा मोटरसाइकलमा आगजनी भएको छ । झडपका क्रममा दुईवटा घरमा तोडफोड भएको छ ।

बस्तीपुरका श्रीराम चौधरीको घरमा बाहिरबाट आएका मानिसहरुले मदिरा खाएर होहल्ला गरेपछि स्थानीय प्रतिकारका उत्रिएका थिए । प्रतिकारपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर